Open Knowledge

मिति सुरक्षित राख्नुहोस्! २०२५ मार्च १-७

खुल्ला डाटा दिवस (ODD), खुल्ला डाटाको वार्षिक उत्सव हो। विश्वभरका समूहहरूले आफ्ना समुदायहरूमा खुल्ला डाटाको प्रयोग गर्दै स्थानीय कार्यक्रम आयोजना गर्छन्। ODD लाई ओपन नलेज फाउन्डेशन (OKFN) ले ओपन नलेज नेटवर्क मार्फत व्यवस्थापन र समर्थन गर्छ।

विभिन्न संस्कृतिहरूको प्रतिनिधित्व बढाउनका लागि, २०२३ देखि हामी संस्थाहरूलाई एक हप्ताको अवधिमा आफूलाई सबैभन्दा उपयुक्त मितिमा खुल्ला डाटा दिवसको कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गर्छौं।

सबै नतिजाहरू खुल्ला छन्, जसलाई जोसुकैले प्रयोग र पुन: प्रयोग गर्न सक्छ।

विषयगत केन्द्रबिन्दु: बहुसंकट (पोलिक्राइसिस) समाधानका लागि खुल्ला डाटा

हरेक वर्ष, खुल्ला डाटा दिवसको विषयगत केन्द्रबिन्दुलाई व्यापक राखिन्छ ताकि खुल्ला डाटाको प्रयोग गर्दै जनहितका लागि विविध अभ्यास र दृष्टिकोण समेट्न सकियोस्। २०२५ मा, हामी हाम्रो समयका केही जटिल समस्याहरू समाधान गर्न चाहन्छौं र जलवायु न्यायभन्दा पर पुग्न चाहन्छौं। त्यसैले, यस वर्षको विषयगत केन्द्रबिन्दुलाई बहुसंकट (पोलिक्राइसिस) को अवधारणामा आधारित गर्दै, विशेष रूपमा गरिबी र बहुपक्षीय असमानता, हिंसा र द्वन्द्व, तथा जलवायु र विपद् प्रतिकारबीचको अन्तर्सम्बन्धमा केन्द्रित गरिनेछ।

खुल्ला डाटा दिवस सबैका लागि हो!

यदि तपाइँसँग खुल्ला डाटाको प्रयोग गर्ने केही विचार छ, खुल्ला डाटाका विभिन्न परियोजनाहरु बारे जान्न इच्छुक हुनुहुन्छ र त्यसमा केही योगदान गर्न चाहनुहुन्छ र त्यस्तै डाटालाई कसरी विश्लेषण गर्ने, दृश्यमा परिणत गर्ने बारे सिक्न चाहनुहुन्छ अथवा केवल के भइरहेको छ भनेर हेर्न चाहनुहुन्छ भने तपाई सहभागी हुन सक्नुहुन्छ! सहभागिता नै खुल्ला डाटा दिवसको प्रमुख मूल्य हो र सबैलाई आ-आफ्नो विचार रचनात्मक ढंगमा ब्यक्त गर्न स्वतन्त्रता छ। तपाईंको कौशल वा चासोहरू फरक भए पनि केही छैन, हामी आयोजकहरूलाई तपाईहरुको लागि सिक्ने र सिकाउने अवसर बढाउन प्रोत्साहन गर्दछौ जसबाट तपाइँले विश्व खुल्ला डाटा समुदायको क्षितिज बढाउन महत्वपूर्ण योगदान गर्न सक्नुहुन्छ।

कार्यक्रम स्रोतहरु

खुल्ला डाटा दिवस कार्यक्रम आयोजना गर्न प्रेरणा चाहिन्छ अथवा तपाईलाई आवश्यक पर्ने डाटा कहाँ फेला पर्छ भन्ने थाहा छैन? कार्यक्रमको स्रोतहरू हेर्नुहोस।

स्रोतहरु

सामाग्रीहर

तपाईंको कार्यक्रमको लागि लोगो बनाउनुहोस् लोगो जनरेटर!

विचार र डाटा स्रोतहरू

हेलो, खुला डाटा प्रयोगकर्ताहरू! तपाईंले थाहा पाउनुभएको छ कि खुला डाटा दिवस २०२४ मार्च २ देखि ८ सम्म हुनेछ र तपाईं आफ्नो क्षेत्रमा कार्यक्रम आयोजना गर्न इच्छुक हुनुहुन्छ? तपाईंको मुख्य चुनौती उपयुक्त स्थानमा पुग्ने विचार खोज्नु हो। खुला डाटा समुदायका हाम्रा साथीहरूसँग केही महत्वपूर्ण विचार र डाटा स्रोतहरू छन् जुन प्रयोग लायक छन्।

CKAN website प्रयोग गरी विश्वभरका संस्थाहरूले आफ्नो डाटा प्रकाशन गर्छन्।

धेरै स्रोतबाट डाटा अपलोड गर्न वा खोज्न data.world प्रयोग गर्नुहोस् र सबै पक्षहरू - डाटा, नोटबुकहरू, विश्लेषण र छलफलहरू सहित - एकै कार्यस्थलमा सजिलै व्यवस्थापन गर्नुहोस्।

यदि तपाईंसँग डाटा छ तर कहाँ राख्ने थाहा छैन भने, DataHub प्रयोग गर्न सक्नुहुन्छ। तपाईं डाटासेटहरू प्रकाशित गर्न सक्नुहुन्छ, सान्दर्भिक डाटा खोज्नुहोस्, विषयगत डाटा संग्रहहरू हेर्नुहोस्

वातावरणीय डाटा

तपाईंको खुला डाटा दिवस कार्यक्रमको लागि वातावरणीय वा जलवायु डाटा प्रयोग गर्न वा प्रेरणा पाउन: ResourceWatch.org साइटमा भ्रमण गर्नुहोस्, World Resources Institute को डाटा पोर्टलमा जानुहोस्; NASA's open data website हेर्नुहोस्; geoportal.org मा पृथ्वी अवलोकन डाटाको लागि जानुहोस्; वा Global Forest Watch को सहयोगले वन कभर/नोक्सान डाटा पत्ता लगाउनुहोस्।

यदि तपाईं तपाईंको घटनाको लागि प्रकोप जोखिम व्यवस्थापन वा प्राकृतिक खतराहरूमा जानकारी चाहानुहुन्छ भने, Global Facility for Disaster Reduction and Recovery Labs वा Open Data for Resilience Initiative को वेबसाइटहरूमा जानुहोस् र उपकरण र परियोजनाहरू पत्ता लगाउनुहोस् वा Open Cities Africa project, Think Hazard, OpenDRI IndexRisk Data Library बाट खुला डाटा र स्रोतहरू प्रयोग गर्नुहोस्।

OpenOil, Extract-a-FactOpen Data Charter's OpenUp guide to climate data पनि उपयोगी मार्गदर्शन र सल्लाह प्रदान गर्न सक्छ।

सार्वजनिक पैसा(जनताको धन) प्रवाह ट्र्याकिंग गर्ने

Open Contracting Partnership र हाइभोसको Open Up Contracting वेबसाइटहरूले सार्वजनिक खरिद र खर्चमा केन्द्रित खुला डाटा दिवस घटनाहरू गर्न खोज्ने व्यक्तिहरूलाई धेरै निर्देशन र उदाहरणहरू प्रदान गर्दछन्। यसका साथै हेर्नुहोस्: Open Data Charter guide to using open data to combat corruption

खुला म्यापिंग

Mapbox, OpenStreetMapHumanitarian OpenStreetMap वेबसाइटहरू मार्फत खुला म्यापिङ्गको बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।"

समान विकास

Centre for Humanitarian Data सँग १७,००० भन्दा बढी मानवीय खुला डाटासेटहरू CKAN-संचालित पोर्टलमा data.humdata.org मा उपलब्ध छन्, जसले समान विकासका बारेमा प्रमुख मुद्दाहरूलाई उजागर गर्न मद्दत गर्न सक्छ। तपाईं United Nations' Open SDG Data Hub, World Bank Open Data portal वा European Data Portal जस्ता ठूला डाटा संकलन पोर्टलहरूमा पनि भ्रमण गर्न सक्नुहुन्छ।

समृद्ध ग्रहको लागि समुद्री डाटा

सामान्य समुद्री डाटा पोर्टलहरूमा EMODNetप्यासिफिक डाटा हब छन्। समुद्री भूगर्भ डाटाको लागि - समुद्रको तलका नक्शा, तापमान, धाराहरू - International Oceanographic Data ExchangeSchmidt Ocean Institute प्रयोग गर्नुहोस्। समुद्री जीवनविज्ञानको डाटाको लागि Ocean Biological Information System, Global Biological Information SystemOcean Tracking हेर्नुहोस्। Global Fishing Watch माछा मार्ने क्रियाकलाप, विशेष गरी उच्च समुद्रमा केन्द्रित छ र Marine Traffic विभिन्न प्रकारका जलयानहरू देखाउँछ।

तपाईंको कार्यक्रमलाई प्रवर्द्धन आवश्यक छ?

हरेक वर्ष, विभिन्न साझेदारहरूको सहयोगमा, OKFN ले विश्वभर प्रत्यक्ष कार्यक्रमहरू प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन साना आर्थिक सहयोग मिनी-ग्रान्टको रूपमा प्रदान गर्छ।

२०२५ को आवेदन खुल्ला छ! आवेदन मिति २३ फेब्रुअरीसम्म खुल्ला रहनेछ।

यस वर्ष, USD 300 का ३६ वटा अनुदान दुई फरक आव्हान मार्फत उपलब्ध छन् - एउटा सर्वसाधारणका लागि र अर्को फ्रान्कोफोन अफ्रिकाबाट प्राप्त आवेदनहरू केन्द्रित गरी। यस कार्यक्रमलाई ओपन नलेज फाउन्डेशन (OKFN), Datopian, तथा Communauté d’Afrique Francophone des Données Ouvertes (CAFDO) को उदार सहयोगले सम्भव बनाएको हो।

आवेदन दिनुहोस्
ai book brush card chart-bar cloud-download code-outline coin-dollar datopiandown environment environment2 equality fcdofcofrictionless GFDRR_Primary Logo_Whitehewletthivos ilda link Mapbox_Logo_08 mapping money ocplandscape-whiteresearch resourcewatch rights sparc sphere twitter user-outline users video wave-reverse wave youtube